उपत्यकाका २६ स्थानमा गाडी चलाउन रोक


  • May 23, 2015


उपत्यकाका २६ स्थानमा गाडी चलाउन रोक

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पबाट घर धरापमा परेका २६ स्थानमा प्रहरीले सवारी सधान चलाउन रोक लगाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बसपार्कमा ५ र न्युरोडभित्र जनसेवा प्रहरी वृत्त आसपासका ५ फरक कुनामा सवारी निषेध गरेको हो। भित्री गल्लीहरूमा सवारी लैजान पनि रोक लगाइएको छ। पुरातात्त्विक महत्त्वका सार्वजनिक स्थलमा सवारीसाधन चलाउन रोक लगाइएको छ।
कमलपोखरीका ३ र कालिमाटीका भित्री गल्लीमा सवारी प्रवेश निषेध गरिएको छ। कीर्तिपुरमा पनि दुई स्थानमा सवारी चलाउन पाइँँदैन। स्वयम्भू, गट्ठाघर, ठमेल, एयरपोर्ट, सुकेधारा, महाराजगन्ज, मंगलबजार, कपन र थानकोटका विभिन्न विन्दुमा पनि सवारी रोकिएको छ।


NEPAL NEWS Team
219 views

सम्बन्धित समाचारहरु