Saturday, July 13, 2024

उपप्रधानमन्त्री सिंहद्वारा क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालय भवनको निरीक्षण


  • May 22, 2015


उपप्रधानमन्त्री सिंहद्वारा क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालय भवनको निरीक्षण

काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको आज बिहान निरीक्षण गरेका छन् । उनले भूकम्पका कारण क्षतविक्षत बनेको विश्वविद्यालयका शिक्षाध्यक्ष, रजिस्टारको भवनका साथै केन्द्रीय कार्यालयका अन्य क्षतिग्रस्त संरचना, त्रिवि स्मृति भवन, त्रिवि केन्द्रीय पुस्तकालय भवनको निरीक्षण गरेका हुन् । निरीक्षणपछि उपप्रधानमन्त्री सिंहले भूकम्पले ठूलो क्षति पु¥याए पनि विश्वविद्यालयका कामलाई विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी सुचारु गराउन विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरे । निरीक्षणका क्रममा उपप्रधानमन्त्री सिंहलाई विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जन, शिक्षाध्यक्ष प्रा गुणनिधि न्यौपाने, निमित्त रजिस्टार देवराज अधिकारी, त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख जनार्दन ढुङ्गानालगायतले विश्वविद्यालयमा भूकम्पले पारेको क्षति सम्बन्धमा जानकारी गराएका थिए । उपप्रधानमन्त्री सिंहले आजै भूकम्पका कारण प्रभावित कीर्तिपुर क्षेत्रको पनि निरीक्षण गरी त्यसले पारेको क्षति तथा भइरहेको राहत वितरणलगायतका विषयमा जानकारी लिएका थिए ।


NEPAL NEWS Team
299 views

सम्बन्धित समाचारहरु