राजदूत उपाध्याय र मुख्यमन्त्री केजरीवालबीच नयाँ दिल्लीमा भेट


  • May 21, 2015


राजदूत उपाध्याय र मुख्यमन्त्री केजरीवालबीच नयाँ दिल्लीमा भेट

काठमाडौंं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ दिल्लीमा भारतीय नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । भूकम्पबाट प्रभावितका लागि भारतका तर्फबाट हुनसक्ने सहयोगका बारेमा उहाँले केही हप्तादेखि विभिन्न नेताहरूसँग छलफल गरिरहेका छन् । छलफलका क्रममा भारतीय नेताहरूले नेपाललाई आवश्यक पर्ने सक्दो सहयोग गर्ने वचन दिएको राजदूत उपाध्यायले बताए । राजदूत उपाध्यायले आज दिल्लीका मुख्य मन्त्री तथा आमआद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई भेट्नुभएको जानकारी दिए । मुख्यमन्त्री केजरीवालसँग उनले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउन आग्रह गरेका थिए । नेपालका अधिकांश अस्पतालमा भेन्टिलेटर नभएकाले स्वास्थ्य सेवा पर्याप्त हुन नसकेको बारे केजरीवाललाई राजदूत उपाध्यायले जानकारी गराएका थिए । जवाफमा मुख्यमन्त्री केजरीवालले नेपालको दुःखमा आफूहरू पनि सँगसँगै रहेको बताउँदै हरेक किसिमको सहयोग गर्न आफूहरू तयार रहेको आश्वासन दिएका थिए । नेपालीहरू निकै मेहनती र इमान्दार भएकाले अहिलेको दुःखलाई अवसरका रुपमा परिणत गर्न सक्षम हुने विश्वास पनि उनले व्यक्त गरे । मुख्यमन्त्री केजरीवालले भूकम्प गएको थाहा पाउनासाथ आफूलाई फोन गरेर दुःख व्यक्त गर्नुभएको राजदूत उपाध्यायले जानकारी दिए । उनले नेपालप्रति आफ्नो निकै सद्भाव भएकाले चाँडै नै नेपालको भ्रमणमा जान आफू इच्छुक भएको पनि बताउनुभएको छ । भारतमा भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्वकर्ताका रुपमा चिनिएकाले केजरीवाललाई स्वागत गर्न नेपालीहरू आतुर रहेको राजदूत उपाध्यायले बताएका थिए । राजदूत उपाध्यायले यसअघि हिजो गृहमन्त्री राजनाथ सिंहलाई भेट् गरेका थिए ।


NEPAL NEWS Team
232 views

सम्बन्धित समाचारहरु