बाढीको कारण सुनसरीको जनजीवन प्रभावित


  • May 21, 2015


बाढीको कारण सुनसरीको जनजीवन प्रभावित

इनरुवा । सुनसरीको विभिन्न नदी खोलामा आएको बेमौसमी बाढीका कारण केही क्षेत्र डुबानमा परेको छ । बाढीको कारणले सुनसरीको ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लाको सुनसरी खोलामा रहेको एउटा बाँसको पुलसमेत बगाएको छ । बाँसको पुल बाढीले बगाएपछि जिल्लाको नरसिंह र रामनगरभुटाहा गरी दुई गाविसको सम्पर्कबिच्छेद भएको स्थानीयले बताएका छन् । नरसिंह र रामनगरभुटाहा जोड्ने सुनसरी खोलाको बाँसको पुल बुधबार मध्याह्न आएको बाढीले बगाएको कारण आवतजावत गर्न बन्द भएको छ ।

दुवै गाविसका बीचमा रहेको बाँसको पुल भाँच्चिएको र बगाएकाले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीय रवीन्द्र मण्डलले जानकारी दिए । सुनसरी खोलामा अचानक आएको बाढीले बाँसको पुल बगाएपछि स्थानीय १० किलोमिटरको दूरीको अर्को बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय रामलोचन मण्डलले बताए । जिल्लाको बूढी खोला, गडन खोला, टेग्रा खोला, धानउष्णा खोला, सेउती खोला र सुनसरी खोलालगायतका आधा दर्जन खोलानाला र नदीमा बाढी आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


NEPAL NEWS Team
289 views

सम्बन्धित समाचारहरु