Saturday, August 13, 2022

भूकम्पपीडितका लागि काँग्रेसले श्रमदान अभियान सुरु गर्ने


  • May 18, 2015


भूकम्पपीडितका लागि काँग्रेसले श्रमदान अभियान सुरु गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले भूकम्पका कारण घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न ‘हाम्रो श्रमदान अभियान’ सुरु गर्ने भएको छ ।

अभियान सम्बन्धमा जानकारी गराउने उद्देश्यले नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति एवम् पार्टीद्वारा गठित भूकम्प प्रकोप समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आफ्ना गाउँ, टोल छिमेक र वरपर जहाँ सम्भव हुन्छ कम्तीमा सात दिन श्रमदान गरी पीडित परिवारको मद्दतमा उत्रन आह्वान गरे ।

भूकम्पबाट प्रभावित नभएका वा कम प्रभावित भएका जिल्लाका पार्टी एवम् भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आ–आफ्नो ठाउँमा राहत सङ्कलन गर्न तथा दक्ष–अर्धदक्ष जनशक्तिसहित प्रभावित ठाउँमा पुगी घर, टहरा एवम् अस्थायी शिविर निर्माणका लागि प्राविधिक सरसल्लाहअनुरुप सहयोगका लागि क्रियाशील बन्न पनि उनले आग्रह गरे ।
त्यसका लागि आफ्नो जिल्ला र जाने जिल्लाका सम्बन्धित निकायसँग समन्वय गर्न पार्टीले निर्देशित गरेको पौडेलले भनाइ छ ।


26 views

सम्बन्धित समाचारहरु