भूकम्पबाट हालसम्म मृत्यु हुनेको संख्या साँढे ८ हजार नाध्यो


  • May 17, 2015


भूकम्पबाट हालसम्म मृत्यु हुनेको संख्या साँढे ८ हजार नाध्यो

काठमाडौं । बैशाख १२ र २९ गते गएको भुकम्पमा परि मृत्यु हुनेको संख्या साँढे ८ हजार नाधेको छ । आइतवार बिहानसम्मा देशका विभिन्न भागमा बैशाख २९ गते आएको दोस्रो बिनाशकारी भूकम्पमा परी १ सय ४१ जनाको ज्यान गुमेको छ भने बैशाख १२ गते आएको पहिलो बिनाशकारी भूकम्पमा परी ८ हजार ४ सय २६ जनाको ज्यान गएको छ । यसैगरि घाइतेको संख्या २९ गतेको भुकम्पमा गुमेको छ ३ हजार १ सय ४२ पुगेको छ भने १२ गतेको भुकम्पका घाइतेको संख्या १७ हजार ८ सय ८४ पुगेको प्रहरीले जनाएको छ ।
बैशाख २९ गतेको भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ११, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा १२३ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १८९१, पूर्व क्षेत्रमा १२४, मध्य क्षेत्रमा ९८४, पश्चिम क्षेत्रमा १२९ र मध्य पश्चिम क्षेत्रमा १४ जना रहेका छन् । मृतक ११४ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये १६९८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । साथै भूकम्पमा परी घाइते भएका नेपाल प्रहरी ४३, नेपाली सेना ६ र सशस्त्र प्रहरी ११ जनासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । भूकम्पमा परी ४ जना वेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म ४९४७ पूर्णरुपमा र ६७२८ आंशिकरुपमा गरी जम्मा ११६७५ भौतिक संरचनामा क्षति पुगेको छ ।
बैशाख १२ गतेको भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७१०, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ६२४०, पश्चिम क्षेत्रमा ४२१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १०७७३, पूर्व क्षेत्रमा ३२५, मध्य क्षेत्रमा ५५६४, पश्चिम क्षेत्रमा ११९८, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । साथै उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २५२ र विदेशी नागरिक ११० जना बेपत्ता भएका छन् ।
यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१३०, पूर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२८३, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३४ गरी जम्मा ४१७९९७ भौतिक संरचनाहरु क्षती भएका छन् । नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।


NEPAL NEWS Team
289 views

सम्बन्धित समाचारहरु