Saturday, July 13, 2024

लाङटाङमा पुनः पहिरो, २५ को उद्धार


  • May 13, 2015


लाङटाङमा पुनः  पहिरो, २५ को उद्धार

धुन्चे । मंगलबरको भूकम्पले लाङटाङमा हिमपहिरो र सुख्खा पहिरो गएपछि स्थानीयलाई सेनाले सुरक्षित ठाउँ सदरमुकाम धुन्चे ल्याएको छ। उनीहरूलाई सेनाको हेलिकप्टरले दुईपटक गरेर २५ जनालाई साँझ उद्धार गरेको हो। ‘भूकम्पले गर्दा लाङटाङमा पहिरो आइरहेको छ,’ स्थानीय ग्याल्पो तामाङले भने, ‘सुरक्षित बासस्थानको खोजीमा भोलि सबै जना काठमाडौं जाने भएका छौं।’ उनले आफ्नो बाबुआमा, दिदी, बहिनी, ज्वाइँ र तीन भान्जा गुमाएको पीडा सुनाएका थिए। उनले गाउँबाट उद्धार गरी ल्याएका गाउँलेको मुख हेरेर भने, ‘के भनौं, तपाईंलाई दिमागले काम गरिरहेकै छैन।’ लाङटाङमा उद्धारका लागि खटिएका सेनाका ८ र १७ जना अझै उतै बसिरहेका छन्। बुधबारसम्ममा सबै स्थानीयवासीलाई सुरक्षित ठाउँमा आइसक्ने अर्का स्थानीय ठिले लामाले बताए। ‘‘मंगलबारको भूकम्पले गाउँले बस्नै सकेनौं,’ उनले भने, ‘बाँच्नका लागि सुरक्षित ठाउँ जान्छौं।’ उनी छोरा मिप्साङले ल्याएको फिस्टेल एयरको हेलिकप्टरबाट एक विदेशी साथी र एक स्थानीयलाई लिएर काठमाडौं उडे।

लाङटाङमा पहिरो जान रोकिएको छैन। सेनाले २५ लाङटाङवासीलाई सदरमुकाम धुन्चे सुरक्षित स्थानमा राखेको छ। भूकम्पले रसुवामा कुनै मानवीय क्षति नभएको प्रमख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईले बताए।


NEPAL NEWS Team
681 views

सम्बन्धित समाचारहरु