Saturday, June 15, 2024

मंगलबार दिउँसोदेखि अहिलेसम्म ३५ धक्का


  • May 13, 2015


मंगलबार दिउँसोदेखि अहिलेसम्म ३५ धक्का

काठमाडौं । मंगलबार दिउँसो १२ बजेर ५० मिनेटेपछि बुधबार बिहानसम्म भूकम्पको ३५ वटा धक्का महसुस भएको छ ।

मंलबार दिउँसो १२ बजेर ५० मिनेटमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएपछि बुधबार बिहान ४ बजेर ३८ मिनेटसम्ममा ३५ वटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अहिलेसम्म ६ रेक्टर स्केल माथिका २ वटा, ५ रेक्टर स्केल माथिका १० वटा र ४ रेक्टर स्केल माथिमा २घ वटा भूकम्प गएको छ । दोलखा केन्द्रबिन्दु भएर २८ वटा पराकम्पन गएका छन् ।

यसैगरी सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ७ वटा, रामेछापमा २ वटा, धादिङ र काठमाडौं केन्दूबिन्दु भएर एक एक वटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द«ले जनाएको छ । यसअघि वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएपछि अहिलेसम्म १ सय ६० वटा पराकम्पन आइसकेका छन् ।


NEPAL NEWS Team
244 views

सम्बन्धित समाचारहरु