चट्याङले एकको मृत्यु, पाँच घाइते


  • May 12, 2015


चट्याङले एकको मृत्यु, पाँच घाइते

गजुरी । सोमबार साँझ परेको चट्याङका कारण नीलकण्ठ नगरपालिका–११ मा एकको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । चट्याङले सोमबार घरमा मोबाइल चार्ज गरिरहेको अवस्थामा एकै ठाउँमा रहेका पाँचजनालाई चट्याङ लागेको हो । प्रहरीका अनुसार चट्याङबाट मुत्यु हुनेमा नीलकण्ठ नगरपालिका–११ साङकोष भोर्लेका सुशिल गुरुङ रहेका छन् । चट्याङ लागेर घाइते भएका गुरुङलाई जिल्ला अस्पताल धादिङमा उपचारका लागि ल्याउने वित्तिकै मुत्यु भएको हो । चट्याङ लागेर घाइते हुनेहरूमा कमला गुरुङ, अमृता गुरुङ, प्रमिशा गुरुङ, शान्ति थापा र मानबहादुर गुरुङ रहेका छन् । घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।


NEPAL NEWS Team
290 views

सम्बन्धित समाचारहरु