भूूकम्पले खोटाङका एक सय बाइस विद्यालय ध्वस्त


  • May 12, 2015


भूूकम्पले खोटाङका एक सय बाइस विद्यालय ध्वस्त

खोटाङ । विनाशकारी भूकम्पले जिल्लाका १ सय २२ वटा विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार १ सय २२ विद्यालयको २ सय ५५ कोठा पूर्णरुपमा ध्वस्त भएको हो ।
उक्त विद्यालयमा अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरी पठनपाठन सञ्चालन गर्न थालिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताए । उनले भने–‘क्षतिको विवरण आउने क्रम जारी छ, यसको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।’ पूर्णरुपमा ध्वस्त भएका १ सय २२ वटा विद्यालयबाहेक अन्यको छत, पर्खाल, शौचालय, खानेपानीको ट्याङ्की लगायतमा क्षति पुगेको भट्टराईले जानकारी दिए । उनका अनुसार भानुभक्त माध्यमिक विद्यालय माक्पा, छेलिङ प्राथमिक विद्यालय राखाबाङदेल, चन्द्र प्राथमिक विद्यालय सुङदेल र कालिका प्राथमिक विद्यालय बाँसपानीका शौचालयमा क्षति पुगेको छ । तत्काल भवनहरुको मर्मतसम्भार नगरी विद्यालयमा पठनपाठन सुरु गर्दा २० हजार विद्यार्थी प्रत्यक्षरुपमा जोखिममा बसेर अध्ययन गरिरहेका छन् । जिल्लाका ४ सय ९३ सामुदायिक विद्यालयमा करिब ७५ हजार विद्यार्थी अध्ययनरत छन् ।


NEPAL NEWS Team
468 views

सम्बन्धित समाचारहरु