Saturday, April 13, 2024

गएराती पनि भुकम्पका चार धक्का


  • May 12, 2015


गएराती पनि भुकम्पका चार धक्का

काठमाडौं । महाबिनासकारी भुकम्पपछि पराक्रम आउने क्रम अझै रोकिएको छैन । गएराती पनि चार रेक्टोस्केलमाथिका चार वटा पराकम्पन आएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार गए राती १२ बजेर ७ मिनट जाँंदा धादिङ केन्द्र बिन्दु रहेको ४ दशमलव शुन्य रेक्टोस्केलको र दुई बजेर ८ मिनट जाँंदा गोरखा÷धादिङ केन्द्र बिन्दु रहेको ४ दशमलव एक रेक्टोस्केलको भुकम्प गएका थिए ।
त्यस अघि सोमबार राती ११ बजेर ५४ मिनट जाँंदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४ रेक्टोस्केलको र ८ बजेर ३५ मिनट जाँंदा सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएको ४ दशमलव २ रेक्टोस्केलको पराक्रम गएको थियो । सोमबार दिनभर भने एउटा पनि भुकम्पको धक्का महसुस भएको थिएन । आइतबार दिउसो ३ बजेर २३ मिनट जाँंदा भक्तपुरको सिमा नजिक काभ्रेमा ४ दशमलव २ रेक्टोस्केलको भुकम्प गएको थियो ।
त्यो भुकम्प सानो भए पनि काठमाडौंबाट नजिक केन्द्र बिन्दु भएकाले तुलनात्मक रुपमा केही बढी हल्लाएको महसुस भएको थियो । आइतबार दिउसादेखि सोमबार साढे आठ बजेसम्म भुकम्पको धक्का महसुस नहुँंदा नगरिकले राहत महसुस गरेका थिए । विज्ञहरुले पराकम्पनका मात्रा र संख्या घट्दै गएकाले डराउनु नपर्ने र यस्ता साना धक्कालाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँंदै आएका छन् ।


NEPAL NEWS Team
245 views

सम्बन्धित समाचारहरु