Saturday, July 13, 2024

प्रकाशमानले आठसय पीडित परिवारलाई जस्तापाता बाँडे


  • May 11, 2015


प्रकाशमानले आठसय पीडित परिवारलाई जस्तापाता बाँडे

काठमाडौं । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गोकर्णेश्वर नगरपालिकाका भूकम्पपीडित जनतालाई अस्थायी बसोबासका लागि राहतस्वरुप जस्तापाता बाँडेका छन् ।

उपप्रधानमन्त्री सिंहले आज पुरानो सुन्दरीजल गाविस हाल नगरपालिका–१, २ र ३०का ८०० पीडित परिवारलाई प्रतिपरिवार एक बन्डलका दरले जस्तापाता बाँडेका हुन् । सुन्दरीजलमा आयोजित एक कार्यक्रमबीच गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारीलगायतको उपस्थितिमा उक्त जस्ता वडासचिवलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका सभासद्द्वय रामेश्वर फुँयाल, अम्बिका बस्नेत र काठमाडौँका स्थानीय विकास अधिकारी तीर्थराज भट्टराई, राजनीतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाज एवम् विभिन्न सङ्घसङ्स्थाका प्रतिनिधिको सहभागिता थियो ।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले मुलुकका सामु आइपरेको विपत्तिको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज सङ्घसङ्स्था एकजुट हुनुपर्ने धारणा राखे । उपप्रधानमन्त्री सिंहले भूकम्पबाट घरबारविहीन भएका परिवारका लागि अस्थायी बसोबासका लागि जस्तापाता नै उपयुक्त भएकाले सबै पीडितपरिवारलाई जस्तापाता पु¥याउने कार्यलाई जोड दिइएको उल्लेख गरे । उनले कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिन, खानपिनको उचित व्यवस्थापन गरी स्वास्थ्य, शिक्षालगायतको व्यवस्था गरिने भन्दै त्यसका लागि धैर्य गर्न भूकम्पबाट प्रभावित जनतालाई आग्रह गरे ।


NEPAL NEWS Team
269 views

सम्बन्धित समाचारहरु