Saturday, July 13, 2024

भुकम्पमा मृत्यु हुनेको संख्या आठ हजार उन्नाइस


  • May 10, 2015


भुकम्पमा मृत्यु हुनेको संख्या आठ हजार उन्नाइस

काठमाडौं । महाबिनाशकारी भुकम्प परी मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ । नेपाल प्रहरीका अनुसार आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या आठ हजार १९ जना र घाइतेको संख्या १६ हजार ३३ जना पुगेको छ । मृतकमध्ये ३० जनाको शव अहिलेसम्म पहिचान हुन सकेको छैन भने अन्य ५९ जनाको पहिचान खुले पनि शव आफन्तलाई बुझाउन बाँंकी रहेको छ । भुकम्पका कारण उपत्यका तीन जिल्लामा गरी एक हजार सात सय १३ जनाको मृत्यु भएको छ । जिल्लागत हिसाबले सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ ।
भुकम्पका कारण नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७० जनाको भृत्यु भएको छ भने नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्या समेत घाइते भएका छन् । प्रहरीका अनुसार नेपाल प्रहरी १ जना, नेपाली नागरिक २५४ र विदेशी नागरिक १११ जना हराइरहेका छन् ।


NEPAL NEWS Team
315 views

सम्बन्धित समाचारहरु