Saturday, July 13, 2024

वर्षायाम अगाडि नै आवास र खाद्यान्नको व्यवस्था गर्न राप्रपाको माग


  • May 9, 2015


वर्षायाम अगाडि नै आवास र खाद्यान्नको व्यवस्था गर्न राप्रपाको माग

काठमाडौंं । प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले महाभूकम्पबाट पीडितलाई राहत प्रदान गर्ने तथा भत्किएका पुनःस्थापना र पुनःनिर्माणलाई तीव्र बनाउनुपर्ने मागसहित एघारबुँदे ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले भूकम्पबाट मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको, हजारौँ जनता हताहत हुनुपरेको र लाखौँ जनता घरबारविहीन भएको घटनाप्रति पार्टीका तर्फबाट प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराउँदै भूकम्पपीडित जनतालाई वर्षायाम अगाडि नै आवास र खाद्यान्नको आवश्यक व्यवस्था गर्न आग्रह गरेको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले विपत्तिको यस घडीमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताउँदै विपद् व्यवस्थापनका लागि सरकार गम्भीर र जिम्मेवार भएर अगाडि बढेको जानकारी गराएको राप्रपाका सहप्रवक्ता किरण गिरीले बताए । ज्ञापनपत्र बुझाउन पार्टी महामन्त्री दीपक बोहरा र बुद्धिमान तामाङ, प्रवक्ता ठाकुरप्रसाद शर्मा र सहप्रवक्ता गिरी प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।


NEPAL NEWS Team
326 views

सम्बन्धित समाचारहरु