Saturday, July 13, 2024

राष्ट्रपति निवास सहित दर्जन सरकारी कार्यालयमा रातो स्टिकर


  • May 9, 2015


राष्ट्रपति निवास सहित दर्जन सरकारी कार्यालयमा रातो स्टिकर

काठमाडौं । राष्ट्रपति निवास, सर्वोच्च अदालत, सिंहदबारभित्र रहेका रक्षा, श्रम तथा रोजगार र युवा तथा खेलकुद मन्त्रालयमा भूकम्पले क्षति पुर्‍याएकाले बस्न अयोग्य भन्दै रातो स्टिकर टाँसिएको छ। प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय भवनका केही भागमा रातो, केही भागमा पहेंलो र केही भागमा हरियो स्टिकर टाँसिएको जानकारी मन्त्रिपरिषद्का सचिव शान्तराज सुवेदीले दिए। उनले भने, ‘रक्षा, श्रम तथा रोजगार र युवा तथा खेलकुद मन्त्रालयमा पूर्ण रूपमै रातो स्टिकर टाँसिएको छ।’ राष्ट्रपति भवन शीतल निवासको पश्चिमपट्टि पनि रातो स्टिकर लगाइएको छ। जुन भाग राष्ट्रपति डा। रामवरण यादवको निवासका रूपमा प्रयोग गरिएको थियो। राष्ट्रपतिका प्रेस संयोजक राजेन्द्र दाहालले भने, ‘शीतल निवासको पश्चिमपट्टि रातो, अन्य केही भागमा पहेंलो र अगाडि हरियो स्टिकर टाँसिएको छ। अहिले राष्ट्रपतिको निवास नयाँ सभाभवनमा सरेको छ।’

रक्षा सचिव ईश्वरी पौडेलले मन्त्रालय राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय पुतलीबगैंचामा सारिएको बताए। उनले भने, ुत्यहाँ मन्त्रालयको चारवटा शाखा पहिलदेखि नै कार्यरत थिए। भूकम्पका कारण नेपाली सेनाको मुख्यालय र प्रधानसेनापतिको निवास पनि बस्न नमिल्ने गरी क्षति भएको छ।

रातो स्टिकर टाँसिएका भवन बस्न अयोग्य मानिन्छन्। पहेंलो स्टिकर लगाइएका घर मर्मतपछि मात्र बस्न योग्य हुन्छन्। बस्न योग्य घरमा भने हरियो स्टिकर टाँसिन्छ।


NEPAL NEWS Team
554 views

सम्बन्धित समाचारहरु