Thursday, July 11, 2024

संसद् बैठकमा सङ्कल्प प्रस्ताव पेस


  • May 8, 2015


संसद् बैठकमा सङ्कल्प प्रस्ताव पेस

काठमाडौँ । भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई राहत दिने र पुनर्वासको व्यवस्था गर्न व्यवस्थापिका–संसद्को आज बस्ने बैठकमा सङ्कल्प प्रस्ताव पेस हुने भएको छ । भूकम्पपीडितलाई अल्पकालीन र दीर्घकालीन रुपमा राहत तथा पुनर्वासको व्यवस्थासहित सङ्कल्प प्रस्ताव तयारीका लागि आज प्रधानमन्त्री निवास बालुवाटार बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र स्वतन्त्र सभासद्को बैठकले सो सहमति गरेको हो । सर्वदलीय बैठकमा भूकम्पबाट भएको जनधनको क्षतिको आकलन गरेर अल्पकालीन र दीर्घकालीन राहतसहितको सङ्कल्प प्रस्ताव सबै दलको रायसुझावका आधारमा प्रस्तुत गर्ने विषयमा सहमति भएको नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिइन् । आजको संसद्को बैठकको सुरुमा प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गर्ने, त्यसपछि गृहमन्त्रीले भूकम्पबाट भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्ने, सबै दलका नेताले आआफ्ना दलको विचारसहित सम्बोधन गर्ने र सबैका राय समेटेर आजै सङ्कल्प प्रस्ताव पेस गर्नेबारेमा सहमति भएको छ ।

बैठकमा सिगों संसद् एक ठाउँमा उभिएर विपत्तिको सामना गर्ने, भूकम्प प्रभावित क्षेत्रमा घर निर्माण नभएसम्म अस्थायी बसोबासको व्यवस्था गर्ने, स्वास्थ्य, शिक्षा । खाद्यान्नको व्यवस्था, औषधोउपचार, खानेपानीलगायत सुविधा प्रदान गर्ने गरी सङ्कल्प प्रस्ताव ल्याउनुपर्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खडकाले जानकारी दिए । आजै यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल नेपाली काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा बसी सङ्कल्प प्रस्तावको विषयवस्तुका बारेमा छलफल भएको थियो ।


NEPAL NEWS Team
371 views

सम्बन्धित समाचारहरु