एनआरएनले भूकम्प प्रभावितलाई एक हजार घर बनाइदिने


  • May 7, 2015


एनआरएनले भूकम्प प्रभावितलाई एक हजार घर बनाइदिने

सिड्नी । गैरआवासिय नेपाली संघ (एनआरएन)ले भूकम्पबाट घरबास विहिन पीडितलाई भूकम्प प्रतिरोधात्मक घर बनाइदिने घोषणा गरेको छ । संघले भूकम्प प्रभावित ८ जिल्लाका अति विपन्न परिवारका एक हजार घर बनाइदिने बताएको छ ।
हजार घर बनाउनका लागि करिव ३५ करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरेको एनआरएनका अध्यक्ष शेष घलेले बताए । संघले अहिले भूकम्प प्रभावित जिल्लामा राहत वितरण गरिरहेको छ ।
संघले कुन–कुन ठाउँमा कसरी घर निर्माण गर्ने भन्ने सम्बन्धमा अध्ययन गर्न समिति समेत बनाइसकेको छ । सो समितिले इन्जिनियर, विज्ञ तथा सरकारसँग छलफल गरी प्रतिवेदन बुझाउने छ ।
अध्यक्ष घलेले भने– “अध्ययनकै आधारमा हामीले भूकम्प प्रभावित बिपन्न तथा आयआर्जनको व्यवस्था नभएका परिवारको छनौट गरेर घर निर्माण प्रकृया सुरु गर्नेछौं”
भूकम्पका कारण स्थानीयबासीहरुको आत्मविश्वास गुमेका वेला एनआरएनको यो योजनाले केही भएपनि राहत मिल्ने आशा गरिएको छ ।
घरबारबीहिन पीडितलाई सोही ठाउँमा घर बनाइदिएर उनीहरुलाई गाउँमै बस्न प्रेरित गर्नु संघको उद्देश्य रहेको छ । घर निर्माण गर्दा स्थानीयबासीको चाहना, त्यहाँको स्थानीय संस्कृति र सम्पदाको गौरवलाई सम्मान गर्दै घर तथा समुदायको दिगोपनमा जोड दिइने घलेले बताए ।
यसका लागि संघले अन्य संघसंस्थासँग समन्वय र सहकार्य गरि बिज्ञ र स्वयंसेवकहरु समेत परिचालन गर्ने बताएको छ ।
प्राविधिक तयारी पुरा भएपछि यथाशक्य छिटो घर निर्माण प्रकृया सुरु हुने संघले जनाएको छ । लाखौं घर नष्ट भएको अवस्थामा एक हजार घर बनाउनु ठूलो कुरा नभएपनि यो कामको सुरुवातबाट विस्थापित गाउँलेहरुलाई आफ्नै ठाउँमा पुर्नस्थापित हुन ठूल्ऽो सहयोग पुग्ने संघको विश्वास गरिएको छ ।NRN shesh ghale 1000 house
अहिले संघले सिन्धुपाल्चोक, काभ्रे, गोरखा, लमजुङ, नुवाकोट, धादिङ, रसुवा र रामेछापमा राहत बितरण गरिसकेको छ । साथै संघले भूकम्प प्रभावित जिल्लाहरुमा स्वास्थ्य शिविर समेत सञ्चालन समेत गर्दै आएको छ ।


NEPAL NEWS Team
507 views

सम्बन्धित समाचारहरु