भूकम्पबाट सात हजार पाँच सय सन्ताउन्नको मृत्यु


  • May 5, 2015


भूकम्पबाट सात हजार पाँच सय सन्ताउन्नको मृत्यु

काठमाडौं । विनाशकारी भूकम्पबाट मर्नेको संख्या ७ हजार ५ सय ५७ पुगेको छ । गृहमन्त्रालयले आज शिहान उपलब्ध गराएको विवरणअनुसार घाइतेको संख्या १४ हजार ५ सय ३६ पुगेको छ । यस अवधिमा १० हजार ७ सय १८ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् भने १४ हजार ७ सय ४१ घर तथा भवन आंशिक क्षति भएका छन् ।
सर्वसाधारणका एक लाख ९१ हजार ५८ घर पूर्णरूपमा क्षति भएका छन् भने एक लाख ७५ हजार १ सय ६२ घर आंशिक क्षति भएको छ । जनगणना २०६८ का अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २ सय २४ घरधुरीमध्ये ७.१५ प्रतिशत घर क्षति भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ९ सय ११ जना, काठमाडौँमा एक हजार २ सय २ जना र नुवाकोटमा ९ सय ४ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।


NEPAL NEWS Team
287 views

सम्बन्धित समाचारहरु