इडिभी २०१६ को नतिजा सार्वजनिक


  • May 5, 2015


इडिभी २०१६ को नतिजा सार्वजनिक

काठमाडौं ।अमेरिकी डाइर्भ्सिटी भिसा (इडिभी) २०१६ को नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरिएको हो ।
नेपालस्थित अमेरिकन दूतावासले ट्विटरमार्फत आफ्नो नतिजा हेर्न अनुरोध गरेको छ । दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न आग्रहसमेत गरेको छ । दूतावासले नतिजा सार्वजनिक भएको जानकारी गराए पनि मंगलबार बिहानसम्म परिणाम हेर्न भने सकिएको छैन ।


NEPAL NEWS Team
197 views

सम्बन्धित समाचारहरु