बैंकको भग्नावशेषमा भेटियो झण्डै साढे २ करोड रुपैयाँ


  • May 4, 2015


बैंकको भग्नावशेषमा भेटियो झण्डै साढे २ करोड रुपैयाँ

काठमाडौं । ससस्त्र प्रहरीले भूकम्पले क्षतिग्रस्त बालाजुस्थित बैंक अफ काठमाडौंको शाखा कार्यालयबाट झण्डै साढे २ करोड रुपैयाँ झिकेर बैंकका अधिकारीहरुलाई जिम्मा लगाएको छ । २ करोड ४८ लाख ८५ हजार ४०१ रुपैयाँ, २ हजार ८७९ यूएस डलर र ७१ थाई भाट रकम बैंकका अधिकारीहरुलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । यही वैशाख १२ गते गएको भूकम्पले बालाजुस्थित २ तले बैंकको भवन क्षतिग्रस्त भएको थियो । भग्नावशेषले च्यापिएको बैंकको लकर फोडेर एपीएफले रकम झिकेको थियो । सोमबार विहान सशस्त्र प्रहरीको एपीएफ टोली ढलान फोडेर भित्र पसेको थियो । सो काममा सशस्त्र प्रहरीलाई नेपाली सेना र नेपाल प्रहरीले सघाएका थिए ।


NEPAL NEWS Team
315 views

सम्बन्धित समाचारहरु