भुटान र एडिबीबाहेक कसैको सहयोग आइपुगेको छैनः अर्थमन्त्री


  • May 1, 2015


भुटान र एडिबीबाहेक कसैको सहयोग आइपुगेको छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले महाभूकम्पमा परेका नेपालीहरूका लागि विभिन्न मुलुकहरूले राहत रकम घोषणा गरेपनि अहिलेसम्म भुटान र एडिबीबाहेक अरू देशको आइनपुगेको बताएका छन् ।‘‘भुटानले दिएको १ मिलियन डलर र एडिबीले दिएको रकमबाहेक अरू कुनै पनि दातृ राष्ट्रले दिएको रकम अहिलेसम्म आइसकेको छैन,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायहरूको समन्वयमा नेपाल आइपुग्छ।’ यसैबीच दातृ निकायहरूले सरकारको राहतकोश बाहेक सोझै पनि राहत वितरण गर्न पाउने भएपनि उनीहरूले गरेको वितरणको विस्तृत विवरण पछि सरकारलाई बुझाउनुपर्ने छ।


NEPAL NEWS Team
282 views

सम्बन्धित समाचारहरु