प्रधानमन्त्रीले भने–‘राहत सामग्री छिट्टै लैजानुस’


  • May 1, 2015


प्रधानमन्त्रीले भने–‘राहत सामग्री छिट्टै लैजानुस’

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर भूकम्प प्रभावित स्थानमा तुरुन्त राहत सामग्री लैजान नेपाली सेनालाई निर्देशन दिएका छन् । राहत वितरणको अवस्थाका बारेमा बुझ्न आज बिहान विमानस्थल पुग्नुभएका प्रधानमन्त्री कोइरालाले मुलुकभित्रको र बाहिरबाट आएको राहत सामग्री विमानस्थलमा नराखेर तुरुन्त भूकम्प प्रभावित स्थानमा पु¥याउन निर्देशन दिएका हुन् । जिल्ला जिल्लाबाट राहत नपाएको जनगुनासो आइरहेको छ । सो क्रममा प्रधानसेनापति गौरवशम्शेर जबराले प्रधानमन्त्रीलाई हालसम्म प्राप्त राहत सामग्रीको विवरणका साथै सेनाले राहत वितरण गर्दै आएको अवस्थाका बारेमा जानकारी गराएका थिए ।


NEPAL NEWS Team
289 views

सम्बन्धित समाचारहरु