Saturday, July 13, 2024

महाभूकम्पबाट मृत्यु हुनेको संख्या ६,१९८ पुग्यो


  • May 1, 2015


महाभूकम्पबाट मृत्यु हुनेको संख्या ६,१९८ पुग्यो

काठमाडौं । विनाशकारी भूकम्पबाट मृत्यु भएकाको संख्या शुक्रबार बिहानसम्म ६ हजार १ सय ९८ पुगेको छ । भूकम्पमा परी १३ हजार ५ सय ६८ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंमा १ हजार १ सय ६, भक्तपुरमा २ सय ६६ र ललितपुरमा १ सय ७० जनाको ज्यान गुमेको छ।उपत्यकाबाहेक मध्यक्षेत्रमा ३ हजार ८ सय ३३, पश्चिम क्षेत्रमा ४ सय १५, पूर्वमा क्षेत्रमा ५२ र मध्यपश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको छ। प्रहरी प्रवक्ता कमलसिंह बमका अनुसार हालसम्म १२ हजार ६४ घर पूर्ण रूपमा नष्ट भएका छन् भने २९ हजार ४ सय ५४ घरमा आंशिक क्षति पुगेको विवरण प्रधान कार्यालयमा आएको छ । प्रवक्ता बमका अनुसार भूकम्पमा परी ४३ जना विदेशी नागरिकको मृत्यु भएको छ । ४६ जना घाइते छन्,४१ जना अझै हराइरहेका छन् । शुक्रबार बिहान प्रहरीले दिएको जानकारीमा थप मृतक कुन ठाउँमा भन्ने खुलाइएको छैन ।


NEPAL NEWS Team
418 views

सम्बन्धित समाचारहरु