Saturday, July 13, 2024

छैंटौ दिनपछि गोंगबुबाट एक किशोरको उद्दार गर्न सफल


  • April 30, 2015


छैंटौ दिनपछि गोंगबुबाट एक किशोरको उद्दार गर्न सफल

काठमाडौ । महाभूकम्पले भत्किएको काठमाडौंको नयाँ बसपार्कको एक लजमा थुनिएका नुवाकोटका १५ वर्षिय पेम्बा लामाको १ सय २० घन्टापछि उद्दार भएको छ । सशस्त्र प्रहरीका निरिक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा भएको टिमले पाँच घन्टा लगाएर भूकम्पको छैटौं दिनमा उनको सकुशल उद्दार गरेको हो । भुवनेश्वरी, दिपावली, हिल्टन र न्युस्टार नामक चार गेस्ट हाउस भएको घर भत्किँदा उनी पुरिएका थिए । गेस्ट हाउसमा काम गर्ने पेम्बा पुरिएको सुचना उनका साथीले दिएका थिए ।
यसअघि पनि गोंगबुको सात तले गेष्ट हाउसबाट स्याङ्जाका ऋषी खनाललाई ८४ घण्टापछि फ्रान्सेली र सशस्त्र प्रहरीको उद्वार टोलीले जीवितै उद्धार गरेको छ । यसअघि नेपाली सेनाले भक्तपुरको दत्तात्रयबाट एक ११ वर्षिय बालिकाको समेत जिवितै उद्दार गरेको थियो ।


NEPAL NEWS Team
329 views

सम्बन्धित समाचारहरु