Wednesday, June 12, 2024

बिरामी हेर्न प्रधानमन्त्री कोइराला टिचिङमा


  • April 29, 2015


बिरामी हेर्न प्रधानमन्त्री कोइराला टिचिङमा

काठमाडौं । प्रधामन्त्री सुशील कोइराला महाभूकम्पमा परि घाइते भएर त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल (टिचिङ)मा उपचार गराइरहेको बिरामीलाई भेट्न अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री कोइराला केहीबेर अघि उनी प्रधान सेनापति गौरव सशमेर जबरासहित लिएर विरामी भेट्न शिक्षण अस्पताल पुगेका हुन् । बिरामी भेट्न पुगेका प्रधानमन्त्री कोइरालासंग बिरामीहरुले पानी लगायतका सुविधा राम्रो नभएको भन्दै गुनासो गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले अस्पताल प्रशासनलाई विरामीको उपचारमा कमि हुन नदिन निर्देशन दिए । केहीबेर विरामीहरु हेरी उनी फर्किए ।


NEPAL NEWS Team
320 views

सम्बन्धित समाचारहरु