Saturday, July 13, 2024

भुकम्पबाट मृत्युहुनेको संख्या ५ हजार नाध्यो


  • April 29, 2015


भुकम्पबाट मृत्युहुनेको संख्या ५ हजार नाध्यो

काठमाडौं । शनिवार गएको महाभुकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार २० पुगेको छ । नेपाल प्रहरीले बुधवार १२ वजेसम्म मृतकको संख्या ५ हजार २० पुगेको जनाएको छ । त्यसैगरि घाइतेको संख्या ७ हजार ६ सय २४ भएको जनाएको छ । उपत्यककामा मृतकको संख्या १४५६ र घाईतेको संख्या २४३८ भएको प्रहरीले जनाएको छ । यो भन्दा बाहेक अन्य घाइते डिस्चार्ज गरिएको बताइएको छ । जसमध्ये काठमाडौमा– १०३४, ललितपुर– १६९, भक्तपुर– २५३ जनाको मृत्यु भएको जनाएको छ ।
पूर्व क्षेत्रमा मृतकको संख्या ५१ र घाईते– २५८ रहेका छन् । त्यसैगरि मध्य क्षेत्रमा मृतक –३०९८ र घाईते– ३७७७ रहेका छन् । सवैभन्दा बढि क्षेति मध्यक्षेत्रमा पुगेको छ । पश्चिम क्षेत्र मृतक–४१३ घाईते– ११३० छन् । त्यसैगरि मध्य पश्चिम क्षेत्र मृतक–२ र घाईते –२१ जना छन् ।


NEPAL NEWS Team
336 views

सम्बन्धित समाचारहरु