ठुलो भर्याङ क्षेत्रबाट ५५ पचपन्न जनाको जीवितै उद्दार


  • April 29, 2015


ठुलो भर्याङ क्षेत्रबाट ५५ पचपन्न जनाको जीवितै उद्दार

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ स्थित ठाडो भर्याङ क्षेत्रबाट हालसम्म ५५ जनाको जीवितै उद्दार र ४८ जनाको शव निकालिएको छ । जीवनमार्ग बहुउद्देशीय सहकारी, म्याक्डोनाल्ड रेस्टुराँ, एक चर्च र अन्य दुई घरबाट गरी उक्त संख्यामा उद्दार गरिएको हो । ती भवनमा अझै १० जना हराइरहेको हुनसक्ने आशंका गरिएको छ ।
उक्त क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, टर्कीस टोली र भारतीय टोली पनि उद्धारमा खटिएको छ । यस क्षेत्रमा लगातार खटिएका मिलन टोल सुधार समितिका अध्यक्ष भीमसेन पोखरेलले शनिबारदेखि आजसम्म लगातार उद्दार कार्यलाई जारी राखिएको बताए । उनले ठूला भवन एकै स्थानमा रहेको र ठूलो सङ्ख्यामा मानिस भेला हुने सहकारी, चर्च र रेष्टुराँ एउटै लाइनमा रहेकाले पनि हताहत हुनेको संख्या बढी भएको बताए ।


NEPAL NEWS Team
415 views

सम्बन्धित समाचारहरु