उपत्यकाको जनजीवन सामान्य बन्दै


  • April 29, 2015


उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौ । महाभूकम्पपछि ठप्प रहेको काठमाडौंको जनजीवन क्रमश सामान्य बन्न थालेको छ । बुधबार बिहानैदेखि अधिकांश पसलहरु खुल्न थालेका छन् । उपत्यकाका विभिन्न रुटकहरुमा चल्ने बस, माइक्रो र टेम्पोहरु सुचारु भएका छन् । भूकम्पको झड्का आउने क्रम लगभग बन्द भएपछि मानिसहरु पाल र खुल्ला आकाशमुनिको बास छोडेर घर र डेरामा फर्कन थालेका छन् । भूकम्पविदहरुले अब ठूला भूकम्पको सम्भावना नभएकाले नभत्किएका घरहरुमा बस्न सकिने बताएपछि काठमाडौंबासीहरु घर फर्किन थालेका हुन् ।
मुख्यतः त्रासकै कारण पसलसमेत खोल्नसमेत डराएकाहरुले भूकम्पको त्रास कम भएपछि बजार, पसल सञ्चालन गर्न थालेका हुन् । योसँगै असहज बनेको काठमाडौको उपत्यकाको जनजीवन बुधबारदेखि सामान्य अवस्थामा फर्किएको छ । यद्यपि ट्याक्सी वालाले बढी भाडा लिएर यात्रु ठग्ने कार्य जारी राखेका छन् भने ठूला पसलेहरुले सामानहरु लुकाइदिँदा महंगी बढ्ने र खाद्यान्यको समस्या पर्ने भय कायमै छ ।


NEPAL NEWS Team
355 views

सम्बन्धित समाचारहरु