मुलुकको पीडामा मलम लगाऔँ -पारस खड्का


  • April 28, 2015


मुलुकको पीडामा मलम लगाऔँ  -पारस  खड्का

सिड्नी / अस्ट्रेलिया भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले मुलुकमा आइपरेको बिपत्तीमा सबै एकजुट भएर अगाडी बढ्नु पर्ने बेलन आएको बताए । अस्ट्रेलियाको क्रिकेटप्रेमीको अनुरोधलाई स्वीकारेर यहा आएका पारसले बिदेशभ्रमणको क्रममा आइपरेको महाबिपत्तीमा स्वदेश तथा बिदेशमा रहेका सबै नेपाली एकजुट भएर सहयोगमा जुटनुपर्ने बेला आएको बताए ।
उनले आफ्नो पुर्वनिर्धारित अस्ट्रेलिया भ्रमणलाई समेत मुलुकमा आएको भुकम्पपीडीतको सहयोगार्थ समपर्ण गर्ने बताउदै बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई यस दुखद घडीमा संयमीत भएर स्वदेशको पीडामा मलम लगाउन आग्रह गरे । पारसको सम्मानमा शुक्रबार यहाको नेपाली अस्ट्रेलिया युथ एशोसिएसन (नया)ले आयोजना गरेको मिट एन्ड ग्रीट कार्यक्रममावाट उठेको सम्पूर्ण रकम भुकम्प पीडीतको सहयोगार्थ खर्च गरिने घोषणा गरे । उनले नेपालको क्रिकेट संस्थागत हुन नसक्दा अगाडि बढ्न नसकेको सुनाए । हामीलाइ थाहा छ खेलाडीले खेलेर मात्र केहि हुदैन क्रिकेट संघमा जबसम्म क्रिकेट बुझने र केहि दिउ भन्ने मान्छे आउदैन तब सम्म यसको बिकास नहुने उनले सुनाए ।यतिबेला सम्म प्रशिक्षक र खेलाडीको बलबुताँले क्रिकेटले डिभिजन एकसम्मको यात्रा तय गरेको बताउदै क्रिकेटमा संस्थागत बिकासको खाचो रहेको उनले बताए । IMG_5696

उनले आफ्नो अस्ट्रेलिया भ्रमण भुकम्पको दुखद खबरले पीडादायक बनेपनि यसवाट पनि मुलुकको बिपत्तीमा सहयोग गर्न सकिन्छ भनेर यसलाई च्यारीटीका रुपमा अगाडी बढाइएको बताए । यहावाट उठेको रकम नेपाली क्रिकेट टीमको कप्तानको है्रसियतले आफै गएर पीडीतहरुको सहयोगमा जुटने बचनबद्धता प्रकट गरे । उनले मुलुकको यो बिसम परिस्थीतीमा सबै मिलेर राहतमा जुट्नु पर्ने बताए ।

ब्रिसबेन, डार्बीनहुँंदै सिड्नीआइपुगेका पारसको सम्मानमा आयोजित रात्रीीभोजमा हस्ताक्षरसहितको ब्याट र जर्सीको माध्यमवाट सहयोग संकलन गरिने छ । उनको यो अभियानमा सिड्नीका क्रिेकेटप्रैमीहरुको साथ रहने नयाका अध्यक्ष कोमलराज पाठ्कले बताए । कोमलले पुर्व निर्धारित कार्यक्रमभएप्नि यसलाई फरक तवरले च्यारीटीका रुपमा प्रस्तुत गरिनलागेको बताए । कार्यक्रमका संयोजक भुपाल सिटौलाले मुलुकको प्रतिष्ठा उचो पार्ने क्रिकेट खेल र नेपाली टोलीका कप्तान पारस खड्काको आगमन महत्वको बिषय भएको बताए । सिटौलाले पारसको नेतृत्वमा नेपालले पाएको सफलताको सम्मानमा यो कार्यक्रम राखिएको समेत बताए ।
कार्यक्रममा एनआरएनका प्रवक्ता मन केसीले नेपालको क्रिकेट बिकासमा एनआरएनले सहयोगी भुमिका निर्वाह गर्ने बताए । उनले निकट भबिष्यमा एनआरएनले खेलाडीको मनोबल बढाउने केहि कार्यक्रम ल्याउने बचनबद्धता प्रकट गरे । नेप्लीज क्रिकेट एशिेसिएसन अस्ट्रेलियाका अध्यक्ष अजय क्षेत्रीले समेत पारसको

उपस्थीतीले यहाको क्रिकेट खेलाडीमा हौसला थपीएको बताए । उनले नेपाली क्रिकेट विकासमा यहाको स्थानीय क्रिकेट निकायसँंग केहि योजना अगाडि बढेको समेत बताए । कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष गणेश केसी, व्यवशायी केशव सापकोटा, निरज श्रेष्ठ, प्रकाश खरेल लगायतले नेपाली क्रिकेटका बिषयमा चासो ब्यक्त गरेका थिए ।


NEPAL NEWS Team
330 views

सम्बन्धित समाचारहरु