महाभूकम्पमा मर्नेको संख्या ६८६ पुग्यो, राजधानीमामात्रै ५ सयको मृत्यु


  • April 25, 2015


महाभूकम्पमा मर्नेको संख्या ६८६ पुग्यो, राजधानीमामात्रै ५ सयको मृत्यु

काठमाडौं । गृहमन्त्रालयका अनुसार महाभूकम्पमा मर्नेको संख्या ६८६ पुगेको छ । तथ्यांक अपडेट गर्ने काम भइरहेको गृहले जनाएको छ । महाभूकम्पमा काठमाडौं उपत्यकामा मात्रै ५०० बढीको मृत्यु भइसकेको छ । प्रहरीका अनुसार काठमाडौंमा २५०, भक्तपुरमा १५० र ललितपुरमा १ सय बढीको मृत्यु भएको छ । मृतकको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ । CDbErxGUUAAo-c4यसैगरी,भूकम्पमा परी काभ्रेमा ५४, धादिङमा ३५, मकवानपुरमा ९, ओखलढुंगामा १०, रामेछापमा ५, भोजपुरमा २, नुवाकोटमा ६, गोर्खामा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । हजारौ घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी प्रमुख प्रताप नारायण प्रसादका अनुसार अस्पतालमा ५० देखि ६५ शव छ । CDbsSlCWgAETOXFतीनसय बढी घाइतेको उपचार गराइरहेका छन् । अस्पतालको चौरमा राखेर घाइतेको उपचार भइरहेको छ । राजधानीको किष्ट अस्पतालमा १७ जनाको शव राखिएको छ । ६२ घाइतेको किष्टमा उपचार भइरहेको छ । राजधानीका बीर, पाटनलगायत सबै अस्पतालमा बिरामीको उपचार भइरहेको छ । घाइतेको पूर्ण विवरण आइसकेको छैन् ।CDbEsf0UkAAHrTR
पुराना बस्ती बसन्तपुर, ठमेल, नरदेवी, झोंछेलगायतका स्थानमा बढी क्षति भएको छ । भूकम्पका कारण ऐतिहासिक धरहरा ढलेको छ । बसन्तपुर र पाटन दरबार स्क्वायर ध्वस्त भएका छन् । भयका कारण घरबाट निस्किएका सर्वसाधारण खुला चौर र सडकमा आएर बसिरहेका छन् ।


NEPAL NEWS Team
360 views

सम्बन्धित समाचारहरु