नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प)को दशौं वार्षिकोेत्सव जाकर्तामा सुरु


  • April 22, 2015


नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प)को दशौं वार्षिकोेत्सव जाकर्तामा सुरु

काठमाडौं । विश्वका खासगरी विकसित एवम् शक्ति सम्पन्न देशको सम्पूर्ण ध्यान यतिखेर इन्डोनेसियाको जाकर्ता सहरले खिचेको छ । खासगरी भूपरिवेष्टित, असंलग्न आन्दोलन, पञ्चशील सिद्धान्त तथा अतिविकासोन्मुख देशबाट विकासशील देशको स्तरोन्नतिमा उक्लन लागेका देशको ऐतिहासिक सम्मेलनको निष्कर्षको पर्खाइमा सिङ्गो विश्व नै उत्सुकतामा छ । ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वाषिर्षोत्सव समारोह इन्डोनेसियाको राजधानी जाकर्ताको जाकर्ता सभागृहमा आजदेखि सुरु भएको छ । दक्षिण–दक्षिण सहयोग सबलीकरण गरी सामूहिक चुनौती समाधान गर्ने ध्येयले आयोजित सो दुईदिने सो सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिइरहेका छन् ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सम्मेलनमा सहभागि विशिष्ट पाहुनालाई सभास्थलमा स्वागत गरे । आफ्नो उद्घाटन मन्तव्यमा उनले विश्वमा शान्ति, समृद्धि, दिगो आर्थिक एवम् सामाजिक विकास गरी गरिब जनताको जीवनस्तर माथि उठाउन सामूहिक प्रतिबद्धताको खाँचो औंल्याए । सम्मेलनअन्तर्गत आज नै प्रधानमन्त्री कोइरालाले एउटा सभाको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ । साथै चीनका राष्ट्रपति सि जिनपिङसित प्रधानमन्त्री कोइरालाले भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । यसअघि सम्मेलनअन्तर्गत वरिष्ठ अधिकारी तथा मन्त्रिस्तरीय बैठक सम्पन्न भएका थिए । ती सम्मेलनबाट पारित भएका कार्यसूचीलाई सम्मेलनले अन्तिम रुप दिने छ । यस पटकको सम्मेलनबाट तीन प्रमुख दस्तावेज–वाङ्डुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी घोषणापत्र जारी गर्ने लक्ष्य राखिएको छ ।


NEPAL NEWS Team
354 views

सम्बन्धित समाचारहरु