Saturday, July 13, 2024

धादिङमा पर्यटक बोकेको दुर्घटना, ६ जनाको मृत्यु


  • April 22, 2015


धादिङमा पर्यटक बोकेको दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । धादिङमा बुधबार बिहान भारतीय पर्यटक बोकेको एउटा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते हुनेको संख्या यकिन भएको छैन । मृतकको संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएको छ । प्रहरी तथा स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको भारतीय नम्बरको बस नागढुंगाबाट केही अगाडि पुगेपछि सडकबाट झण्डै १०० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी छ । काठमाडौंबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोला नजिक बिहान पौने ७ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेको पहिचान खुलिसकेको छैन । जीजे १४ एक्स ९९८० नम्बरको भारतीय नम्बरप्लेटको उक्त बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।


NEPAL NEWS Team
296 views

सम्बन्धित समाचारहरु