Thursday, March 28, 2024

ईभाना मानान्धर मिस नेपाल २०१५’


  • April 19, 2015


ईभाना मानान्धर मिस नेपाल २०१५’

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१५’ को ताज ईभाना मानन्धरले ले जितेकी छिन् । शनिबार सम्पन्न फाईनल प्रतिस्पर्धामा प्रतिस्पर्धी १८ सुन्दरीलाई पछी पार्दै उनले बर्ष २०१५ को मिस नेपाल ताज पहिरेकी हुन् । उनलाई मिस नेपाल २०१४ को बिजेता सुबिन लिम्बुले ताज पहिराईन् । ‘मिस नेपाल २०१५’ को फर्स्ट रनर अप दिव्यता बैध भईन् । भने सेकेण्ड रनरअप मेधा कोईराला भईन् । ‘हिडन ट्रेजर’ ले आयोजना गर्दै आएको यो प्रतियोगिता अन्तर्गत दर्जन बढी सुन्दरीहरुले विभिन्न बिधामा उपाधी जिते ।

मिस नेपाल २०१५ को उपाधी जितेकी ईभानाले मिस वर्ल्डमा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् । ‘मिस नेपाल’ मा सहभागिताको लागी नै नेपाल आएकी ईभाना काठमाडौंकी स्थायी बासिन्दा हुन् ।


NEPAL NEWS Team
374 views

सम्बन्धित समाचारहरु