Wednesday, June 19, 2024

‘थापाको स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सदाका लागि स्मरणीय’


  • April 17, 2015


‘थापाको स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सदाका लागि स्मरणीय’

काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले पटक पटक नेपालको प्रधानमन्त्रीमा रही राष्ट्रको गहन जिम्मेवारी बहन गरेका कुशल एवम् अनुभवी राजनीतिज्ञ थापाको निधनबाट सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको हाम्रो मुलुकका लागि ठूलो क्षति पुगेको बताएका छन् । राष्ट्रपतिले आफ्नो सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गरेका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सदाका लागि स्मरणीय रहने आफ्नो समवेदना सन्देशमा उल्लेख गरेका छन् ।
नेता थापाको निधनप्रति दुःख व्यक्त गर्र्दै उहाँले थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले आफ्ना सबल अभिभावक गुमाएका थापाका शोकसन्तप्त परिवारजन र स्वजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै उहाँहरुप्रति समवेदना पनि प्रकट गर्नुभएको छ । रासस


NEPAL NEWS Team
375 views

सम्बन्धित समाचारहरु