राष्ट्रिय झण्डा ओढाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्रीको श्रद्धाञ्जली


  • April 17, 2015


राष्ट्रिय झण्डा ओढाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्रीको श्रद्धाञ्जली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक सूर्यबहादुर थापाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको छ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका छन् । सभामुख सुवास नेम्वाङ, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल , राप्रपा नेपालका अध्यक्ष कमल थापा, प्रधानसेनापति गौरव शमसेर जबरा लगायत पनि रंगशाला पुगेर थापाप्रति श्रद्धाञ्जली अर्पण गरिसकेका छन् ।
बिभिन्न दलका नेता, कार्यकर्ता, शुभेच्छुक र सर्बसाधारणहरु थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न दशरथ रंगशालामा पुगेका छन् । सिमसिमे पानीको पर्वाह नगरी उनीहरु श्रद्धाञ्जली दिन लामबद्ध भएका छन् । दशरथ रंगशालाबाट शवयात्रासहित शुक्रबारै पशुपति आर्यघाट पुर्‍याएर अन्तिम संस्कार गरिने छ ।
यसअघि थापाको पार्थिव शरिरलाई मालीगाउँस्थित निवासबाट राप्रपाको पार्टी कार्यालय चाबहिलमा श्रद्धाञ्जलीका लागि लगिएको थियो । त्यहाँ पार्टी अध्यक्ष पशुपति समशेर राणाले थापाको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए । थापालाई श्रद्धाञ्जली दिन नेता, कार्यकर्ता र आफन्तहरु राप्रपाको पार्टी कार्यालय पुगेका थिए । उनीहरु भावविह्वल मुद्रामा थिए ।


NEPAL NEWS Team
252 views

सम्बन्धित समाचारहरु