पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको उपचारका क्रममा निधन


  • April 16, 2015


पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको उपचारका क्रममा निधन

काठमाडौं । पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा भारतको नयाँ दिल्लीमा बुधबार राति निधन भएको छ । नेपाली राजनीतिका महत्वपूर्ण व्यक्तित्व थापाको पेटको उपचारका क्रममा दिल्लीस्थित मेदान्ता अस्पतालमा निधन भएको हो ।
पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा मेदान्तामा उपचारका क्रममा निधन भएको छ । राप्रपाका बरिष्ठ नेता एंव वरिष्ठ राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पाथिर्थ शरीर बिहीबार काठमाडौं ल्याउने तैयारी भैरेहको छ ।
थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थिए । उनी चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । थापाले शुक्रबार मेदान्त अस्पतालका वरिष्ठ सर्जन आदर्श चौधरीले नेतृत्व आन्द्राको सफल सल्यक्रिया भएको थियो । डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तर, बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि भेन्टिलेटरमा राखिएको थियो । मेदान्त अस्पतालमा भर्ना गरिएका थापाको बुधबार राति १०ः ४४ बजे मेदान्त अस्पतालमा निधन भएको राप्रपा नेपालका सहप्रवक्ता किरण गिरीले बताए । थापाको पार्थिव शरीर विहीबार अपरान्ह काठमाडौं ल्याईने भएको गिरीले बताए ।
धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए ।
थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन् । उनी बाबुलाई लिएर उपचारका लागि दिल्ली गएका थिए । यसैबीच वरिष्ठ नेताको निधनको शोकमा परेको राप्रपाले बिहीबार बिहान पार्टीको बैठक बोलाएको छ । पंचायतकालमा लामो समय शासन सत्तामा रहेपनि पछिल्लो समयमा उनि उदार राजनीतिज्ञको छवि बनाएका थिए ।


NEPAL NEWS Team
262 views

सम्बन्धित समाचारहरु