Saturday, July 13, 2024

जाजरकोटामा थप एकको मृत्यु, मर्नेको संख्या १७ पुग्यो


  • April 15, 2015


जाजरकोटामा थप एकको मृत्यु, मर्नेको संख्या १७ पुग्यो

जाजरकोट । जाजरकोटमा फैलिएको महामारीबाट टालेगाउँ गाविस–२ का ५२ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको छ । अब मर्नेको संख्या १७ पुगेको छ । पैक गाविसमा खटिएका एक स्वास्थ्यकर्मी आफैँ बिरामी भएका छन् । उनको थप उपचारका लागि सदरमुकाम ल्याइएको छ । बिरामी हुनेमा रामकृष्ण गिरी रहेका छन् । स्वाइन फ्लु भन्ने प्रमाणित भएपछि थप आतङ्क फैलिएको छ ।
टालेगाउँमा एकसय ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई साधारण रुघाखोकीको औषधी दिइएको छ । नेपाली सेनाका प्रणय कार्की नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोली आज पुग्ने गाँउ पुग्नेछ ।
झन्डै दुई हप्तादेखि फैलिएको महामारीका पीडितहरु मध्ये १२ जनाको स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको छ । जसमध्ये तीन जनामा भने स्वाइन फ्लुका जीवाणु भेटिएका छन् । अन्यको भने रिर्पोट आउन बाँकी छ । महामारी जाजरकोटको पैक, अर्छानी, नायकबडालगायतका गाविसमा फैलिएको छ ।


NEPAL NEWS Team
369 views

सम्बन्धित समाचारहरु