Saturday, August 13, 2022

सेक्स भगवानको उपहार हो, १८ वर्ष मै अनुभव लिएँः नायिका शाही


  • April 15, 2015


सेक्स भगवानको उपहार हो, १८ वर्ष मै अनुभव लिएँः नायिका शाही

कस्तो भयो २०७१ ?
२०७१ साल मेरो लागि विशेष भयो । २०७१ सालमा रिलिज भएको मेरो मुभी पुर्नजन्म हिट भयो । मेरो अभिनयको पनि प्रसंशा भयो । यही वर्ष मैले एयर होष्टेजको ट्रेनिङ पनि सुरु गरे । यही वर्ष २ वटा देश घुम्ने मौका पनि पाएँ । नयाँ स्कुटर पनि चेञ्ज गरेँ । मेरो विगतको वर्षभन्दा ७१ सालमा इच्छा गरेका धेरै कुरा पुरा भएकोले मेरो लागि यो वर्ष विशेष भयो ।

कती साथी बनाउनुभयो ७१ सालमा ?
खासै धेरै साथी बनाइन । धेरै साथी भन्दा पनि राम्रा साथी बनाउँछु । तीन जना बनाएँ ।

लभ बारे तपाईको धारणा ?
यो भगवानको वरदान हो । यो विना संसार चल्दैन । चाहे केटा र केटीबीच होस्, चाहे आमा र छोरी, दाजु बहिनी । माया विना संसार चल्दैन ।

सवभन्दा बढी माया कसलाई गर्नुहुन्छ ?
सवभन्दा बढी माया त आफूले आफैँलाई गर्छु । त्यसपछि मेरो माइती अन्टीलाई गर्छु । जसले मलाई आफ्नी छोरीलाई भन्दा बढी माया गर्नुहुन्छ ।

सेक्सबारे तपाईको धारणा ?
सेक्स भगवानको उपहार हो । उमेर पुगेपछि सवैलाई आवश्यक पर्ने चीज हो । तर यसलाई छाडा रुपमा लिनु हुन्न । संसार सृष्टिको लागि भगवानको पालादेखि चलिआएको कुरा हो ।

कति वर्षमा उमेर पुग्छ ?
बैज्ञानिक रुपमा र हेल्थको हिसावले भन्ने हो भने १८ वर्ष पुगेपछि मात्र हुन्छ । तर अहिले समाचारमा हेर्दा १४–१५ वर्षदेखि नै यसमा लागेको देखिन्छ । तर मेरो हिसावले सानो उमेरमा सेक्स ठीक होइन ।

तपाईको सेक्स सम्बन्ध भयो कि छैन ?
भइसकेको छ । १८ वर्षको उमेरको मेरो व्याइ फ्रेण्डसँग । पछि बिहे पनि उसैसँग गर्ने हो ।

फेसबुकमा कस्ता कस्ता साथीहरु छन ?
फेसबुकमा प्राय सवै राम्रा साथीहरु छन । तर सवै असल मात्र पनि नहुने रहेछन ।

कस्ता कस्ता म्यासेज गर्छन ?
प्रायः साथीहरुसँग कुरा हुन्छ । तर सवैलाई रिप्लाइ दिन भ्याउदिन । त्यसपछि कतिले त गाली पनि गर्छन ।

कस्ताकस्ता गाली आउँछन ?
रिप्लाइ दिन नभ्याएपछि कतिपयले मुखपनि छोड्छन । तर नराम्रो बोल्नेलाई म ब्लक गरिदिन्छु । कतिले त बोल्न पनि कति गाह्रो भालु, रण्डी जस्ता शब्द पनि प्रयोग गर्छन । त्यस्तालाई ब्लक गरिदिन्छु । अब पनि भने भने चाँही प्रहरीमा खवर गरिदिन्छु ।

सवभन्दा बढी रिस कतिबेला उठ्छ रु
रण्डी, भालु भन्दा सवैभन्दा बढी रिस उठ्छ ।

तपाईले केही भन्नु हुन्न रु
दिदीबहिनी नभएका र आमाको महत्व बुझ्न नसक्नेहरुले भन्ने कुरा हुन जस्तो लाग्छ । तिमीचाँही रण्डीको कोखबाट जन्मेको हो भन्छु । अनि ब्लक गरिदिन्छु ।


21 views

सम्बन्धित समाचारहरु