निरन्तर संवाद र सहकार्यबाट मात्रै सहमति : प्रधानमन्त्री


  • April 14, 2015


निरन्तर संवाद र सहकार्यबाट मात्रै सहमति : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक दलबीचको निरन्तर संवाद, सहकार्य, एकता र मेलमिलापबाटै राजनीतिक सहमति कायम हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । नव वर्ष २०७२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले नेपाली जनताले साढे सात दशकभन्दा अगाडिदेखि गर्दै आएको संर्घषको परिणामस्वरुप प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
उनले शुभकामनामा भनेका छन्– ‘लोकतन्त्रको मूल्य, मान्यता, सिद्धान्तमा आधारित राजनीतिक पद्धतिका माध्यमबाट जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने सकारात्मक सोचले हामीलाई उज्यालो भविष्यतर्फ डो¥याउँदै ल्याएको छ । यही प्रेरणाले नै आन्तरिक द्वन्द्वको शान्तिपूर्ण सफल अवतरण गरेर सबै नेपालीलाई बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थाको 3ecf529209ae1222ac51075b235f8290_Mमूलधारमा ल्याउन हाम्रा अग्रजहरूले कठोर प्रयास गर्नुभएको थियो । लोकतान्त्रिक शासन व्यवस्थाको लागि हाम्रा अग्रज नेताहरू र योद्धाहरूले दिएको बलिदान र योगदानलाई स्मरण गर्दै नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको कार्यलाई हामीले सफल पार्नै पर्दछ । यो ऐतिहासिक दायित्व पूरा गर्न नयाँ वर्ष २०७२ ले हामी सबैलाई प्रेरणा दिनेछ’ ।
वर्तमान सरकार संविधान निर्माण प्रक्रियामा सार्वभौम संविधानसभालाई सघाउँदै देशमा दिगो शान्ति, राजनीतिक स्थायित्व र तीव्र गतिको आथिर्थ विकासका माध्यमबाट नेपाली जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन प्रयत्नशील रहेको बताउँदै उनले प्रशासनलाई दक्ष, सक्षम, झन्झटमुक्त, छिटोछरितो, पारदर्शी, जिम्मेवार, सदाचारयुक्त, भ्रष्ट्राचारमुक्त बनाई नागरिकमुखी बनाउने सरकारको प्रयत्न रहेको उल्लेख गरेका छन् । सरकारले अपनाएको लगानीमैत्री नीतिको परिणाम यस वर्षदेखि देखिने अपेक्षा रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले बढ्दो लगानीले स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरी युवा शक्तिलाई राष्ट्र निर्माणमा सरिक गराउने उल्लेख गरे । कोइरालाले शुभकामना सन्देशमा भनेका छन्– ‘म यस सुखद् अवसरमा समस्त राजनीतिक दल, नागरिक समाज र आमनागरिकसँंग राष्ट्रहित, जनकल्याण, शान्ति, स्थायित्व, विकास र मुलुकको समुन्नतिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न आआफ्ना स्थानबाट सहयोग गर्न हादिर्द अपिल गर्दछु ।’


NEPAL NEWS Team
358 views

सम्बन्धित समाचारहरु