Saturday, April 13, 2024

जाँचमा फेलभएपछि पाँच बालिकाले महाकालीमा हाम फाले, चार बेपत्ता एउटी बाँचिन


  • April 13, 2015


जाँचमा फेलभएपछि पाँच बालिकाले महाकालीमा हाम फाले, चार बेपत्ता एउटी बाँचिन

धनगढी । दार्चुलाको दत्तु गाविसमा विद्यालयको परीक्षामा फेल भएको भन्दै पाँच जना बालिकाले सोमबार बिहान महाकालीमा हाम फालेका छन । दत्तु गाविस वडा नं ४ मा रहेको राष्ट्रिय उच्च माविको कक्षा ६ र ७ मा पढ्ने पाँच जना वालिकाहरुले फेल भएको भन्दै महाकालीमा हाम फालेका हुन्।
सोही गाविसका कक्षा ७ मा पढने १५ वर्षीया ममता चुनारा, कक्षा ७ मै पढने १५ वर्षकी पुजा कोली, कक्षा ६ मा पढने १४ वर्षकी अर्की ममता चुनारा, र ६ कक्षामै पढने १२ वर्षकी नितु लोहारले आज विहान ८ बजेतिर नदीमा हाम फालेका हुन्। रिजल्ट आए लगत्तै फेल भएको भन्दै पाँचजनाले हाम फालेकोमा एक बालिका तैरिन सफल भएर अभिभावकलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले पनि वालिकाहरुले हाम फालेको र वेपत्ता भएको खबर पाएपछि, दत्तु प्रहरी चौकी सहित सीमा क्षेत्रका सबै प्रहरी चौकीका प्रहरी परिचालन गरेको जनाएको छ । स्थानीयवासिले खबर गरेपछि जिल्लाबाट प्रहरी निरिक्षकको कमाण्डको टोली सहित ७०÷८० जनालाई नदी किनारमा खोजीका लागि पठाएको दार्चुला प्रहरी नायव उपरिक्षक नैनसिह कार्कीले जानकारी दिए । बालिकाहरुले दत्तु गाविसको २ र ३ को सीमानामा पर्ने स्थानबाट महाकालीमा हाम फालेका हुन्।


NEPAL NEWS Team
311 views

सम्बन्धित समाचारहरु