Saturday, July 13, 2024

बाग्लुङ उपनिर्वाचनमा कांग्रेसकी चम्पा खड्का विजयी


  • April 12, 2015


बाग्लुङ उपनिर्वाचनमा कांग्रेसकी चम्पा खड्का विजयी

काठमाडौं । बाग्लुङ क्षेत्र नम्बर १ को हिजो सम्पन्न उपनिर्बाचनमा नेपाली कांग्रेसकी उम्मेद्वार चम्पादेबी खड्का भारी मतका ल्याएर बिजयी भएकी छन् । एमालेकी उम्मेद्वार मनकुमारी केसीलाई एक हजार ६ सय १५ मतले पछाडि पार्दै कांग्रेसकी खड्का बिजयी भएकी हुन् । खड्का १४ हजार ७ सय ३३ मत प्राप्त गर्दै विजय भएकी हुन । निकटतम प्रतिद्धन्दी एमालेकी मना केसी १३११८ मत ल्याएकी छन भने एमाओवादीका कृष्ण केसीले २२८६ मत पाए । एमाओवादी उमेदवार केसीको जमानत जफत भएको छ । कांग्रेसका उम्मेद्वार चम्पा हरिबहादुर खड्काकी श्रीमति हुन् । २२ मंसिरमा जीप दुर्घटनामा परी हरिबहादुरको निधन भएपछि उपनिर्बाचन भएको हो ।
दोस्रो संविधानसभा चुनावबाट निर्वाचित कांग्रेस सभासद हरिबहादुर खड्काको निधन भएपछि रिक्त स्थान बाग्लुङ क्षेत्रनम्बर १ मा हिजो उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तथा खड्काकी श्रीमती चम्पा, एमालेकी मनकुमारी केसी र एमाओवादीका कृष्णबहादुर केसी सहित १३ उम्मेवारबीच प्रतिस्पर्धा भएको थियो । हिजो भएको मतदानमा ५२ हजार २०२ मतदाता रहेकोमा ३८ हजार २९० मत खसेको थियो ।
संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसका खड्काले १३ हजार ५ सय मत पाएका थिए भने एमालेका हिराबहादुर खत्रीले ११ हजार ९ सय ६३ मत पाएका थिए । तेस्रो स्थानमा रहेको एमाओवादीका कृष्णबहादुर केसीले ६ हजार ३ मत पाएका थिए ।
एमाले कार्यकर्ताले चुनाबको अघिल्लो दिन खड्काको पक्षमा लागेको भन्दै लोकगायक रामजी नेपालीमाथि हातपात गरेको थियो । यतिमात्र होइन, जनमोर्चाले आफ्ना उम्मेद्वारलाई सहयोग गर्ने भन्दै अनर्गल प्रचार गरेको भए पनि आफ्नै दलभित्रको द्धन्दका कारण एमाले हिजो सम्पन्न निर्बाचनमा पछाडि परेको हो । हरिबहादुर खड्काको लोकप्रियताका कारण पनि यो क्षेत्रमा कांग्रेसको बिजय सुनिश्चित थियो । तर एमाले नेताहरु भने आफ्नो हारको जोगाउ गर्दै कांग्रेसले धाँधली गरेको आरोप लगाएको थियो ।
गत संबिधानसभा निर्बाचनमा एमालेले शुरुमा टिकट दिए पनि मन केसीको टिकट खोसेर हिराबहादुर केसीलाई दिएको थियो । हिजोको त्यो तुष बाग्लुङ एमालेमा अहिले पनि देखिएको थियो । जसका कारण अघिल्लो निर्बाचनमा मन केसी समूहको सहयोग नपाएको हिरा केसी समूहले अहिले मन केसीबिरुद्ध भित्री रुपमा लागेको थियो । अर्कातिर एमालेले कांग्रेसले सत्ताको दुरुपयोग गरेको आरोप लगाएर मतदान नसकिदै पराजित मानसिकता प्रस्तुत गरेको थियो ।
बाग्लुङ क्षेत्र नंबर १ को निर्बाचन परिणाम बिगतलाई हेर्दा निक्कै रोचक देखिन्छ । २०४६ सालको परिवर्तनपछि २०४८ मा सम्पन्न संसदीय निर्बाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका गोविन्द कंडेलले करिब ३ हजार मतको अन्तरले एमालेका गोविन्द अधिकारीलाई हराएका थिए ।
२०५१ के मध्याबधि निर्बाचनमा करिब ३ हजार मत अन्तरले काँग्रेसका गोविन्द कंडेललाई एमालेका गोविन्द अधिकारीले पराजित गरेका थिए । २०५६ को आम निर्वाचनमा पुनः कांग्रेसले यो क्षेत्रमा बिजय हासिल गरेको थियो । नेपाली कांग्रेसका टंकप्रसाद शर्मा कंडेल एमालेका रामजीप्रसाद शर्मालाई पछाडि पार्दै बिजयी भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा एमालेका रामजीप्रसाद शर्मा बिजयी भएका थिए । कम्युनिष्टहरुले आफ्नो गढ मान्दै आएको बाग्लुङका तीनवटै निर्बाचन क्षेत्रमा गत संबिधानसभा निर्बाचनमा कांग्रेसका उम्मेद्वार बिजयी भएका थिए ।


NEPAL NEWS Team
457 views

सम्बन्धित समाचारहरु