Saturday, July 13, 2024

बागलुङ क्षेत्र नं–१ मा मतगणना हुँंदै


  • April 12, 2015


बागलुङ क्षेत्र नं–१ मा मतगणना हुँंदै

काठमाडौं । बागलुङ क्षेत्र नं–१ मा शनिबार भएको उपनिर्वाचनकोे मतगणना आइतबार बिहानदेखि सुरु हुने भएको छ । क्षेत्रका सबै बुथबाट मतपेटिका ल्याउने काम सकिएको छ ।bagling-4 सर्बदलीय सहमतिका आधारमा मतगणना गर्न दलहरुको बैठक बोलाइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ७३ प्रतिशत मतदाता सहभागी भएका छन् । यो विगतको भन्दा निकै उत्साहजनक सहभागिता हो । ५२ हजार दुई सय दुई मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ३८ हजार,दुई सय ९० मत खसेको थियो । निर्वाचनमा १० राजनीतिक दल र स्वतन्त्र गरी १३ उम्मेदवार सहभागी थिए । गत संविधानसभामा निर्वा्चित सभासद हरिबहादुर खड्काको सवारी दुर्घटना परी निधन भएपछि सो क्षेत्रमा उप निर्वाचन गराइएको हो ।

विद्युतीय मेशिनको प्रयोग गरी मतदान गराइएकाले मतगणना कार्य छिटो सम्पन्न हुने छ । सबै प्रक्रिया पुरा भएपछि मतगणना आजै आरम्भ हुने जानकारी दिइएको छ । निर्वाचन अधिकृतको कार्यालयले कुनै प्राविधिक वा अन्य समस्या नआए अपरान्ह सम्म मतगणनाको परिणामा सार्वजनिक हुनेछ ।


NEPAL NEWS Team
379 views

सम्बन्धित समाचारहरु