Saturday, July 13, 2024

कांग्रेसको चुनाव प्रचारमा हिँडेका गायकलाई एमालेले कुटे


  • April 11, 2015


कांग्रेसको चुनाव प्रचारमा हिँडेका गायकलाई एमालेले कुटे

बागलुङ । नेकपा एमालेका कार्यकर्ताको आक्रमणबाट लोक गायक रामजी नेपाली घाइते भएका छन्। बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनको अघिल्लो दिन शुक्रबार नेपाली काकाको घरमा बसिरहेको अवस्थामा आक्रमणमा परेका थिए। बागलुङ नगरपालिका—९ भिरलाङखुरी स्थित आफ्ना काका जंगबहादुर नेपालीको घरमा बसिरहेको अवस्थामा नेपालीमाथि आक्रमण भएको हो। नेपालीको धौलागिरी अञ्चल अस्पताल , बागलुङमा उपचार भईरहेको छ। घाइते नेपालीलाई जिल्ला प्रहरी कार्यालय, बागलुङबाट खटिएको प्रहरी टोलीले उद्दार गरी अस्पताल ल्याएको हो। गायक नेपालीले कांग्रेस उमेद्वार चम्पादेवी खड्काको पक्षमा मत माग्न एल्मब बनाएर चुनावी अभियानमा गीत गाउँदै हिँडेका थिए। गायक नेपाली नेपाली कांग्रेस समर्थक हुन्। भेट्नुछ भन्दै बोलाएर एमाले कार्यकर्ताले एक्कासी आक्रमण गरेको नेपालीका काका रमेश नेपालीले बताए।

नेकपा एमालेका कार्यकर्ता विदुर बोहोरा, दिपु बोहोरा, सुनिल केसी, टक बहादुर बोहोरा, कर्ण बहादुर बोहोराको समूहले नेपालीमाथि आक्रमण गरी घाइते बनाएको नेपाली कांग्रेसका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले बताए। ‘गायक नेपालीले कांग्रेस उमेद्वारको पक्षमा गीत गाएको भन्दै आक्रमण गरेका छन्’ उपाध्यायले भने,‘निर्वाचनलाई प्रभावित गर्ने गरी आक्रमण गरेका हुन्।’ यता एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले स्थानीय साथीहरुबीच सामान्य धकेलाधकेल भएको बताए। यता प्रहरीले घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरिक्षक प्रेम बस्नेतले बताए।


NEPAL NEWS Team
410 views

सम्बन्धित समाचारहरु