कांग्रेसले शुक्रबार राजधानीमा आमसभा गर्ने


  • April 9, 2015


कांग्रेसले शुक्रबार राजधानीमा आमसभा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ०४६ सालको आन्दोलनलाई संस्मरण गर्दे आगामि चैत २७ गते काठमाडौंमा आमसभा गर्ने भएको छ ।
नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले गणेशमान बलिदानी अभियानको नामबाट गरिने उक्त आमभसामा कांग्रेसले ०४६ सालका सहयात्री संयुक्त बाममोर्चाका नेताहरुलाई अतिथिको रुपमा आमन्त्रित गरेको छ । अतिथिहरुले उक्त सभालाई सम्बोधन गर्ने भएका छन ।
सो सभासमा ०४६ सालका संयुक्त बाममोर्चाका नेताहरु विष्णुबहादुर मानन्धर, कृष्णराज बर्मा, निलाम्बर आचार्यलाई अतिथिको रुपमा बोलाइएको छ । नेकपा एमालेबाट उक्त पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सभालाई सम्बोधन गर्ने भएका छन । एकिकृत माओवादीका नेताहरुलाई भने सभामा बोलाइएको छैन ।
‘चैत २७गते काठमाडौमा गर्ने आमसभामा ०४६सालका जनआन्दोलनका सहयात्री संयुक्त बाममोर्चाका नेताहरुलाई अतिथिको रुपमा आमन्त्रित गरेका छौं । गणेशमान सिहंले ०४६सालमा गरेको योगदानलाई संस्मरण गर्दै हामीले यस्तो कार्यक्रम राखेका हौ’, केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक रामचन्द्र पौडेलले भने ।
केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गत फागुन १४ गतेदेखि गणेशमान बलिदानी अभियान शुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम गत चैत १९ गते चितवनबाट शुरु गरिएको थियो । आगामि चैत २७ गते काठमाडौको रत्नपार्क शान्तिबाटिकामा आमसभा गरी उक्त अभियानको समापान गरिने भएको छ ।


NEPAL NEWS Team
469 views

सम्बन्धित समाचारहरु