Saturday, April 13, 2024

आमहड्तालका कारण बिहानै देखि जनजीवन प्रभावित, कोटेश्वरमा ट्याक्सी र बसमा आगजनी


  • April 7, 2015


आमहड्तालका कारण बिहानै देखि जनजीवन प्रभावित, कोटेश्वरमा ट्याक्सी र बसमा आगजनी

काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको देशभर गरेको आमहड्तालका कारण जनजिवन प्रभावित भएको छ । मोर्चाको आम हड्ताल शान्तिपूर्ण हुने नेताहरुले दाबि गरेपनि हिंसात्मक हुने संकेत देखिएको छ ।
बन्दकर्ताले कोटेश्वर बालकुमारीमा एकाबिहान पार्किङ गरिराखेको बा १ ज १८७७ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन् । आगजानीबाट ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ । ललितपुरबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । यसैगरी बन्दकर्ताले एउटा बसमा पनि आगो लगाएका छन् । बिहान सवा ५ बजेतिर नै बन्दकर्ताले पेट्रोल छर्केर ट्याक्सी र बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
बन्दकर्ताहरु विहानैदेखि राजधानीका विभिन्न ठाउँमा जम्मा भएर बन्द गराउँदै हिडेका छन् । भित्री टोल र गल्लीहरुमा पनि बन्दकर्ताहरुले पसलहरु बन्द गराउँदै हिडेका छन् । बन्द गराउँदै हिड्ने बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
विजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बाकेको भ्यान तोडफोड गरेका छन् । प्रहरीले भ्यान चालकको सहयोगमा दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको छ । त्यस्तै, एमाओवादी काठमाडौ जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, सचिव रेणु दाहाल, क्रान्तिकारीका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले विजुलीबजार पुलबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई तीन कुने प्रहरीमा राखिएको छ ।
मोर्चाले पहिचान र संघीय पहिचान र अधिकार सहितको सङ्घीय संविधान निर्माण गर्नुपर्ने, आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्नुपर्ने, सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक–समावेशी प्रतिनिधित्व लगायतका आन्दोलनका उपलब्धिहरू संस्थागत गराउनुपर्ने लगायतका १५ बुँदे माग राखेर पसिर्सम्म आमहड्ताल बन्द आब्हान गरेको छ ।


NEPAL NEWS Team
293 views

सम्बन्धित समाचारहरु