कफ्र्यू भन्दा बास बस्ने आएका लुटेराद्धार गौरमा एकजनाको हत्या


  • April 6, 2015


कफ्र्यू भन्दा बास बस्ने आएका लुटेराद्धार गौरमा एकजनाको हत्या

रौतहट । एक सातादेखि आन्दोलित गौरमा लुटेरा समूहले गौर–५ पोखरिया टोलका ६० वर्षीय जाहिर अन्सारीको हत्या गरेका छन् । लुटेराले अन्सारीको घरबाट पाँच लाख नगद समेत लुटपाट गरेको समेत प्रहरीले जनाएको छ । बाहिर कफ्र्यू लागेको छ भन्दै आइतबार राती बस बस्न आएका केही व्यक्तिले सुतिरहेका अन्सारीलाई घाँटी रेटेर हत्या गरेका थिए । अन्सारीले घर मर्मतका लागि बैंकबाट आइतबार पाँच लाख निकालेका थिए ।
हत्या र लुटपाटपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । हत्या घटनापछि गौर आन्दोलन थप हिंसात्मक हुने खतरा बढेको छ । आन्दोलनकारी पक्षसँग अहिलेसम्म भएको वार्ता निश्कर्षबिहिन भएको छ । आइतबार साँझ हेलिकोप्टरबाट गौर पुगेको सरकारी वार्ता टोलीले रातिसम्म गरेको वार्तामा कुनै सहमति हुन सकेन । सोमबार बिहान फेरी वार्ता हुँदैछ ।

गौरमा चर्किएको आन्दोलनबारे वार्ता गर्न गाडीबाट पुगेको क्षेत्रीय प्रशासकसहितको टोलीलाई दिनभर बीच बाटोमै रोकेपछि काठमाडौंबाट हेलिकोप्टरमा अर्को टोली गौर पुगेको थियो । आइतबार बिहान ११ बजे रौतहटको गरुडा आइपुगेका सो बार्ता टोलीलाई दिनभर आन्दोलनकारीले रोकेपछि काठमाडौंबाट नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक गणेश राई र शसस्त्रका अतिरिक्त महानिरिक्षक कृष्ण कुमार तमाङ्ग सा‘झ साढे ६ बजे हेलिकोप्टरबाट गौर आइपुगेका छन् ।
हाल गौरमा रहेको मालपोत तथा नापीको सेवा केन्द्रलाई चन्द्रनिगाहपुरमा पनि विस्तार गर्ने सरकारको निर्णयको विरुद्ध गत बुधबारदेखि गौरमा प्रदर्शन सुरू भएको थियो । प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि गत शुक्रबार नै सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिएको थियो । तर शनिबार गौर झन् तात्यो र स्थिति नियन्त्रण बाहिर जाने खतरा देखिएपछि स्थानीय प्रशासनले कफ्र्यू लगाउनुपर्यो ।


NEPAL NEWS Team
338 views

सम्बन्धित समाचारहरु