आन्दोलनमा गए एमाओवादी मोर्चाको राजनीतिक भविष्य सकिने चेतावनी


  • April 5, 2015


आन्दोलनमा गए एमाओवादी  मोर्चाको राजनीतिक भविष्य सकिने चेतावनी

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादी सहितको ३० दलीय मोर्चा संविधान सभा छाडेर सडक आन्दोलनमा गएमा उनीहरुको राजनीतिक भविश्य समाप्त हुने चेतावनी दिएका छन् ।
दोश्रो संविधान सभा निर्वाचनबाट जनताले संविधान बनाउन पठाएको भन्दै सिटौलाले सडक आन्दोलनबाट फर्कन मोचालाई आग्रह गरे ।
प्रेस युनियन मोरङ शाखाले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा सिटौलाले भने, ‘जनताले दिएको म्यान्डेटलाई लत्याएर संविधान सभा छाडेर सडकमा जानु उग्रता हो । आन्दोलनले संविधान बन्दैन संविधान सभामा बसेर छलफल गर्नुपर्छ । सडकमा जाने कुरा तानाशाही विचार हने छ ।’
उनले दोस्रो संविधान सभा संविधान नबनेसम्म अवसान नहुने पनि बताए । ‘कुनैपनि हातलमा संविधान आउछ संविधान जारी हुने कुरालाई जुनसुकै आन्दोलनका हावाहुरीले रोक्न सक्दैन,’ सिटौलाले स्पष्ट पारे ।


NEPAL NEWS Team
260 views

सम्बन्धित समाचारहरु