सिरहामा बसले मोटरसाईकललाई ठक्कर दिदा चारजनाको मृत्यु


  • April 4, 2015


सिरहामा बसले मोटरसाईकललाई ठक्कर दिदा चारजनाको मृत्यु

लहान । सिरहा नगरपालिका ३ बलानपुरमा बस र मोटरसाइकल ठोक्किदा ४ जनाको मृत्यु भएको छ । ना ५ ख ४९७३ नम्बरको बसले स ४ प ९६८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा ४ जना सवार भएको र तिब्र गतिका कारण मोटरसाइकल बसमा आएर ठोक्किएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई जिल्ला अस्पताल लहानमा राखिएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।


NEPAL NEWS Team
383 views

सम्बन्धित समाचारहरु