Wednesday, June 12, 2024

इन्डियन आतंकवादीसंग नेपाली नागरिकता र पासपोर्ट


  • March 30, 2015


इन्डियन आतंकवादीसंग  नेपाली नागरिकता र पासपोर्ट

काठमाडौं । भारतका विभिन्न सहरमा बम विस्फोट गराएर फरार भएका मुस्लिम आतंकवादी संगठन इन्डियन मुजाहिद्धिनका चार लडाकुले नेपाली नागरिकता र पासपोर्ट लिएको खुलासा भएको छ ।
सन् २००८ मा बनारस, गोरखपुर, फैजावामद, जयपुर अमहदाबाद, लखनउ र दिल्लीमा बम बिस्फोट श्रृखलामा सम्लग्न भएका ५ लडाकुमध्ये नेपाल प्रवेश गरी चार जनाले नागरिकता र पासपोर्ट लिन सफल भएका हुन् । मुजाहिद्धिननले त्यतिबेला गरेको श्रृखलाबद्ध विस्फोटमा १ सय ६६ जनाको मृत्यु भएको थियो ।
भारतीय सुरक्षा निकायको मस्ट वान्टेड सूचीमा रहेका सलमान शेख, डाक्६र सहनवाज वादा साजिद, मोहम्द खालिद, र अबु रसिदलले सुनसरीको नरसिंह गाविस ७ मा स्थायी भएको नक्कली कागजात बनाई २०६६ जेठ र असारमा नागरिकता प्रमाणपत्र लिएका हुन् ।कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
294 views

सम्बन्धित समाचारहरु