काँग्रेस र एमालेले जिम्मेवारीपूर्वक सोच्ने हो भने सहमति हुन्छ :एमाओवादी


  • March 29, 2015


काँग्रेस र एमालेले जिम्मेवारीपूर्वक सोच्ने हो भने सहमति हुन्छ :एमाओवादी

काठमाडौं । एमाओवादीले संविधान निर्माणका विवादित विषयमा सहमति खोज्न नेपाली काँग्रेस – एमालेले जिम्मेवारीपूर्वक सोच्नुपर्ने बताएको छ। विवादित विषयमा सहमति खोज्न आज प्रधानमन्त्री तथा काँग्रेसका सभापति सुशील कोइरालालगायत नेतासँगको भेटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस एमालेका नेताहरु गम्भीर ढङ्गले निर्णय लिनसक्ने अवस्थामा नभएकाले समस्या बल्झिएको धारणा राखे।
बैठकपछि अध्यक्ष दाहालले भने,ुत्यो नभए बेलुकसम्म नयाँ प्रस्ताव ल्याउनुभयो भने त्यसमा सकारात्मक छलफल गर्न हामी तयार छौँ।’ काँग्रेसका नेताहरुले आन्दोलन स्थगित गर्न गरेको आग्रहका सम्बन्धमा अध्यक्ष दाहालले कुनै समझदारी र सहमति नभइ आन्दोलनका कार्यक्रम स्थगित गर्ने सम्भावना नभएको बताए। अध्यक्ष दाहालले बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोगका सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले शान्ति सम्झौता र अन्तरिम संविधानको मूल मर्ममाथि प्रहार गरेको गुनासो राखेका थिए। साथै उनले अध्यागमनको राहदानी प्रणालीको जिम्मा विदेशी कम्पनीलाई दिन केही मन्त्री लागेको सम्बन्धमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए।

संविधानसभामा भएको तोडफोड घटना र संविधान निर्माणको प्रक्रिया अघि बढेसँगै दलहरुबीच देखिएको संवादहीनताको अवस्था हाल टुटेको छ। एमाओवादी अध्यक्ष दाहाल चीन भ्रमणबाट फर्केलगत्तै प्रमुख दलहरुबीच वार्ता र छलफलमा तीव्रता देखिएको छ। आजको बैठकमा पनि सङ्घीयताको ढाँचाका सम्बन्धमा काँग्रेस र एमाओवादीका अध्यक्ष दाहालबीच गम्भीर रुपमा छलफल भएको थियो शनिबारदेखि भएको सघन छलफलमा सङ्घीयताको ढाँचा र त्यसमा पनि सीमाङ्कन र नामाकरणका विभिन्न विकल्पका बारेमा छलफल भएको बैठकमा सहभागी काँग्रेस नेता एवम् मन्त्री नरहरि आचार्यले बताए।

सहमतिका लागि आजै एमालेका नेतासँग पनि छलफल हुने जानकारी गराउँदै नेता आचार्यले सङ्घीयताको ढाँचाका बारेमा कुनै टुङ्गो लागिनसकेकाले यही नै निर्णय भयो भन्न नमिल्ने उल्लेख गरे।


NEPAL NEWS Team
297 views

सम्बन्धित समाचारहरु